पदम जोरा,डडेल्धुरा
जोगबुडा परशुराम नगरपालिकाका नगर प्रमुख भरत वडायर जोशीले विभिन्न कार्यालयबाट ठेक्का प्रकृयामा रहेका नगरपालिकाको सिमा शीत जोडिएका सडक सुचारुका लागि विभिन्न निकायलाई परिपत्र गरेका छन् ।यस बर्षको बर्षादले शुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुराका अधिकान्स ग्रामिण सडक अवरुद्घ छन ।

जिल्लाका सात वटै पालिकाका ग्रामिण सडक बर्षाले अवरुद्द हुदा स्थानीयलाई दैनिक आवत जावत र स्वास्थ्य उपचारका लागि अस्पताल धाउन समेत कठिनाई भै रहेको गुनासो स्थानीय सरकार प्रमुख र वडा अध्यक्षहरुलाइ आउदा उनिहरुले सडक सुचारुको प्रयास सुरु गरेकाछन ।
जिल्लाको आलिताल गाउँपालिका अध्यक्ष शेरसिह पार्किले मनसुन निष्कृय भए लगतै दशै पुर्ब सबै ग्रामिण सडक र अन्य सडक खण्ड मर्मत तथा सरसफाइ गरि सुचारु गरिने जनाउनु भएको छ ।
परशुराम नगरपालिकाले कञ्चनपुरको दैजी जोगबुडा सडकखण्ड, परशुराम भागेश्वर जोड्ने शिर्ष रुपाल सडकखण्ड, शिर्ष बसौंटी सडकखण्ड,जोगबुडा,सलौन, कलेना, गोगन चिरिकिट्टे हुँदै अमरगढि नगरपालिका ३ जोड्ने सडक खण्ड र अन्य शाखा सडक खण्ड दशै पुर्ब सुचारुका लागि सम्वन्धित कार्यालयलाई पत्राचार गरिएको नगर-प्रमुख जोशीले बताउनु भएको छ ।

नगरपालिकाले सडक डिभिजन कार्यालय कुलपाते र बेतकोट नगरपालिका सिहत अन्य सम्बन्धित निकाय र कार्यालयलाई पत्राचार गरेको हो ।
नगरपालिकाले सडक डिभिजन कार्यालयले ठेक्का लगाएका सडक सफाइ गर्दा डुब्लिकेशन हुने, सडक सफाइ नहुदा नगरपालिकाका जनप्रतिनिधिले गाली खानु पर्ने समस्या रहेको हुदा सम्बन्धित कार्यालय र निर्माण ब्यबसायीलाइ ताकेता गरिएको नगर प्रबक्ता खगेन्द्र सिहले बताउनु भयो ।
त्यसै गरि भागेश्वर,नवदुर्गा, अजयमेरु र गन्यापधुराले पनि दशै तिहारलाइ लक्षित गरि अवरुद्द सडक सफाइ गरी सडकसुचारु गर्न प्रकृया थालेका छन ।