कैलालीमा बस र मोटरसाइकल ठोक्किदा डडेल्धुराको एक जनाको मृत्यु

कैलालीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा डडेल्धुराको एक जना युवकको मृत्यु भएको छ।
कैलालीको घोडघोडी नगरपालिका–४ सिमथरी स्थित पुर्व पश्चिम राजमार्गमा पुर्बबाट पश्चिमतर्फ आउदै गरेको ना ६ ख ८४५४ नम्बरको बस र बिपरीत दिशाबाट आईरहेको सुदूरपश्चिम प्रदेश ०१–००९ प २७०७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक डडेल्धुराको अजयमेरु गाउँपापालिका–४ भलकुडा बस्ने ३१ वर्षीय दर्शन सिंह भाटको मृत्यु भएको हो।
दुर्घटनामा भाट गम्भिर घाईते भएको प्रहरीले जनाएको छ। उनलाई उपचारको लागि घोडाघोडी अस्पताल सुखड लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको हो। बस र बस चालक जिल्ला कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बस्ने ३४ वर्षीय अम्मर सिंह बुढाऐरलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

You might also like