दार्चुला प्रहरी नेतृत्वः डिएसपी दाहाल जादै, महत आउदै

दार्चुला-नेपाल प्रहरीका ९० जना डिएसपीहरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले गरेको निर्णयअनुसार देशभरका डिएसपीहरूको सरूवा भएको हो ।

यसै त्रममा दार्चुला जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी प्रकाश दाहाल जिल्ला प्रहरी कार्यालय धादिंग सरुवा भएका छन् । उनी एक वर्षअघि मात्र दार्चुला आएका थिए ।

दार्चुला बाट दाहालको सरूवासँगै बागमती प्रदेश प्रहरी कार्यालय, गम्भीर अनुसन्धान शाखा हेटौंडाबाट दार्चला जिल्ला प्रहरी कार्यालय प्रमुखको रुपमा डिएसपी गौरब महत आउने भएका छन् ।

You might also like