नेपालको लोकप्रिय इन्टरनेट सेवाप्रदायक भायानेटले यस वर्षको दशैं लाई लक्षित गर्दै नयाँ तथा पुराना दुवै ग्राहकहरुका लागि आकर्षक अफर सार्वजनिक गरेकोछ । प्रत्येक वर्ष दशैंमा विशेष योजना ल्याउने भायानेटले यस पटक अझै ठूलो अफर ल्याएको कम्पनीले जनाएको छ ।

यो दशैंमा भायानेटको नयाँ इन्टरनेट जडान गर्ने वा पुरानो इन्टरनेटको नवीकरण गर्ने सबै ग्राहकले छुट र उपहार पाउनेछन् । यस अफर अन्तर्गत रु. ३,००० पर्ने मेस राउटर रु.५००छुट सहित रु.२,५००मा उपलब्धहुनेछ। त्यस्तै, रु. १०,७४९/-पर्ने डूअल ब्याण्ड फोन जेड टिईनुबियाए३६ छुट सहितरु. ८,२९९मापाइनेछ। साथै, ४३-इन्चको हिमस्टार स्मार्ट टिभी रु.२७,९९९ मा किन्न सकिनेछ ।
यस सँगै, रु.८,४०० माथि इसेवा एप मार्फत भुक्तानी गर्ने ग्राहकले PromoCode VIA300 हालि रु.३०० क्यास ब्याक पाउनेछन्। साथै, ग्राहकहरूले “Spin the Wheel” मा भाग लिएर थप उपहार जित्ने अवसर पनि पाउनेछन्।यस स्पिन मार्फत थप १२महिना, २महिना वा १ महिना सम्म निःशुल्क इन्टरनेट पाउन सकिने कम्पनीले बताएको छ ।