जेनजी आन्दोलनमा घाइते भएका डडेल्धुराका मुकेशले खुट्टा गुमाए

डडेल्ल्धुरा–जेनजी पुस्ताको आन्दोलनमा घाइते भएका डडेल्धुराका मुकेश अवस्थी अहिले काठमाडौँको ट्रमा अस्पतालमा उपचाररत छन । गोली लागेको खुट्टा गुमाउनु परे पनि उनको स्वास्थ्य अबस्थामा निकै सुधार आईसकेको छ ।


भदौ २४ गते गोली लागी घाइते भएका मुकेशको खुट्टको घुँडा मुनि गोली लागेको थियो । गोलीले मुख्य नसा, स्नायु प्रणाली र हड्डी सबै क्षतविक्षत बनाएको थियो । डाक्टरहरूले घण्टौंसम्म प्रयास गर्नुभयो । उहाँहरूले भाइको ज्यान त बचाउनुभयो, तर खुट्टा बचाउन सकिएन,’ घाइते मुकेशको दिदि आकृतिले भनिन् ।

मंगलबार दिउँसो मुकेशको खुट्टा अप्रेसन गरेर काटिएको छ । २२ वर्षीय मुकेशको सपना विदेश जाने थियो । डडेल्धुराको अमरगढी नगरपालिका–५, सेलागाउँका उनी डोटीको कुमालीकोटबाट सब– इन्जिनियर पढेर करिब डेढ वर्षअघि काठमाडौँ पुगेका थिए । त्यँहा जागिर गर्दै अस्ट्रेलिया जाने तयारीमा थिए ।

मुकेश परिवारका जेठो छोरा हुन । परिवारले छोराको भविष्यका लागि देखेको सपना एउटा गोलीले चकनाचुर पारिदिएको दिदी आकृतिले बताइन् । यो घटनापछि परिवार मर्माहत छ । उनले कलिला युवालाई प्रयोग गर्ने भाँडो नबनाइयोस् भन्ने मागसमेत गरिन् ।

जनयुद्धकालमा एउटा पार्टीले प्रयोग गर्यो, अहिले अर्कोले । बच्चाहरूलाई अघि लगाएर गोली खुवाउने ?हामीले पनि बुझेका छौँ, आकृतिले भनिन् । मुकेशको उपचार निःशुल्क भइरहेको छ । स्वास्थ्यमा सुधार आईरहे पनि परिवारलाई उनको भविष्यको चिन्ता छ ।

मुकेशले गुमाएको खुटट्मा कृतिम खुट्टा हाल्नु पर्ने र नेपालमा गुणस्तरीय कृतिम खुट्टा नपाउने हुँदा विदेश बाट मगाउनु पर्ने देखिएको छ । मुकेशका साथीहरु सरकारले उचित व्यवस्था गर्नुपर्ने र देशको लागी खुट्टा गुमाएका मुकेशको लागी गुणस्तरीय कृतिम खुट्टाको व्यवस्था गर्न सहयोग गर्न आग्रह गरिरहेका छन् ।

You might also like