खुल्यो सुदूरपश्चिमका सिमानाकाहरु

डडेल्धुरा-देशमा जेन जी आन्दोलनका कारण बन्द रहेका सुदूरपश्चिमका सीमा नाकाहरू आज बाट पुनः सञ्चालनमा आएका छन्।

समाचार श्रोतका अनुसार कञ्चनपुरको गड्डाचौकी नाका, कैलालीको गड्डाचौकी नाका र बैतडीको झुलाघाटसहितका प्रमुख सीमा नाकामा आजदेखि सामान्य आवागमन सुरु भएको छ। भारतीय पक्षले गत हप्ता देखिएको तनावपछि नेपाली नागरिकको प्रवेशमा रोक लगाएको थियो।

अहिले नाकामा सुरक्षा व्यवस्था भने कडा न पारिएको छ। नाकामा आवतजावत सहज बनाउन दुवै देशका सुरक्षा निकायबीच समन्वय भइरहेको छ।

यसअघि सीमापार यातायात शारदा ब्यारेजजस्ता नजिकका क्षेत्रमा मात्र सञ्चालनमा रहेकोमा अब पुनः सीमानाका हुँदै नेपाल–भारत मैत्री बससहितको नियमित सेवा सुरु भएको छ।

नाकाहरू खुलेसँगै लामो समयदेखि अलपत्र परेका यात्रुहरूलाई सहज भएको छ भने व्यापार–व्यवसाय र आपूर्तिमा पनि सुधार आउने अपेक्षा गरिएको छ।

You might also like