प्रहरीबाट लुटिएका २६८ थान हतियार सेनाद्वारा बरामद

काठमाडौंमा भएको दुई दिनको जेन्जी आन्दोलनको क्रममा लुटिएका हतियार नेपाली सेनाले बरामद गरेको छ । भदौ २३ र २४ गते देशभर भएको प्रदर्शनका क्रममा आन्दोलनकारीले प्रहरी कार्यालय तथा खटिएका प्रहरीको साथबाट हतियार लुटेका थिए ।

नेपाली सेनाका अनुसार सिन्धुलीको मरिन–४ घर भएका एक व्यक्तिले लुटिएको ९ मिमि चाइनिज पेस्तोल सेनाको पेट्रोल टोलीलाई बुझाएका छन् । हालसम्म विभिन्न स्थानबाट २६८ हतियार बरामद भइसकेको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आम नागरिकलाई सार्वजनिक सूचना जारी गरी लुटिएका वा फेला परेका हतियार सुरक्षा निकायलाई बुझाउन आग्रह गरेका छन् ।

You might also like