डडेल्धुरा बाट फरार कैदीबन्दी पक्राउ हुने क्रम जारी

डडेल्धुरा-डडेल्धुरा कारागार बाट फरार भएका कैदीबन्दीहरु पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।
भदौ २५ गते डडेल्धुरा कारागार बाट फरार भएका ८५ जना कैदीबन्दीहरु मध्ये आज विहान सम्म ६१ जना लाई पुनः पत्राउ गरी डडेल्धुरा कारागार लाई बुझाईएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार प्रहरीले डोटी स्थित वालसुधार गृह बाट फरार भएका दुई जना र कञ्चनपुर जिल्ला कारागार बाट फरार भएका एक जना कैदीबन्दी लाई पक्राउ गरी सम्बन्धित जिल्ला लाई हस्तान्तरण गर्ने तयारी रहेको छ ।

You might also like