महेन्द्रनगर-हिजो कञ्चनपुर कारागारबाट बाहिरिएका ६० जना कैदिबन्दिहरु कारागारमा फर्किएका छन् । ति मध्ये केही आफै फर्किएका छन भने, केहीलाई भारतिय एसएसबीले पनि पक्राउ गरेर सेनालाई बुझाएका छन् ।
जम्मा ४ सय ७८ जना कैदीबन्दी कारागारमा रहेका थिए । जसभमध्ये २१ जना भागेका थिएन भने, अन्य सबै भागेर गएका थिए ।
कञ्चनपुर कारागारका अनुसार २८ जना भारतिय कैदीहरु पनि आफनो कैद भुक्तान गरीरहेका थिए भने ति मध्ये १० जना कारागारमा आएको र अन्य १८ जना सम्पर्क विहिन रहेको जनाएका छन् ।
भारततर्फ भागेका कैदीबन्दीलाई भारतीय सीमा सुरक्षा बलले नियन्त्रणमा लिएको छ । ७ जना कैदीबन्दीलाई चाँदनी नाकाबाट एसएसबीले नियन्त्रणमा लिएर सेनालाई बुझाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कञ्चनपुर कारागारबाटै भागेका अर्का एक जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।