काठमाण्डौ-नेपालको लोकप्रिय इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले चर्चित गायक तथा गीतकार सुशान्त केसी लाई आफ्नो ब्राण्ड एम्बासडर घोषणा गर्दै नयाँ अभियान ‘इन्टरनेट फर ड्रिमर्स’ को सुरुवात गरेकोछ।

यस अभियान मार्फत भायानेटले डिजिटल युगमा सपना देख्ने युवाहरू, सिर्जनाकर्मीहरू र डिजिटल माध्यमबाट केही गर्न चाहने व्यक्तिहरू लाई प्रेरणा दिने लक्ष्य राखेको भायानेटले जनाएको छ ।
सुशान्त केसीको यात्रा इन्टरनेट बाटै सुरुभएको थियो।आफ्नागीतहरू अनलाइनमै राखेर चर्चित बनेका केसी आज नेपाली संगीत क्षेत्रका लोकप्रिय कलाकार बनेकाछन्।
भायानेटले सुशान्तकै जस्तै सपना देख्ने अन्य युवाहरू लाई साथ दिने उद्देश्यले यो अभियान ल्याएको हो।
‘ ‘इन्टरनेट फर ड्रिमर्स’ अभियान डिजिटल स्टोरी टेलिङ, सामाजिक सञ्जालमा अन्तरक्रियात्मक कार्यक्रमहरू, र अनुभव आदान प्रदान गर्ने गतिविधिहरू मार्फत अगाडि बढाइनेछ।
यस अभियानले कन्टेन्ट क्रिएटर तथा डिजिटल क्षेत्रमा लाग्न चाहने इच्छुकहरूलाई भायानेट सँगै ठूला सपना देख्न र इन्टरनेटको सही प्रयोग गरि ती सपना साकार गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।

भायानेटले सुशान्त केसी सँगको सहकार्यलाई गौरवको रूपमा लिएको उल्लेख गरेकोछ। केसीको सङ्गीत प्रतिको समर्पण, दृढता र लगावले नेपाली युवा पुस्तामा ऊर्जा र आत्म विश्वास भरेको कम्पनीको भनाइछ।
भायानेट कम्युनिकेशन लिमिटेड नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक मध्ये एक हो। कम्पनीले उच्च गति, भरपर्दो र गुणस्तरीय फाइबर इन्टरनेट सेवा प्रदान गर्दै उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्दै आएकोछ।नवीनतम प्रविधिको प्रयोग र निरन्तर सेवा सुधार मार्फत डिजिटल नेपाल निर्माणमा भायानेटको उल्लेखनीय योगदान रहँदै आएको कम्पनीले बताएकोछ।