डडेल्धुराको चर्चित लाटागन्याप ‘शिखर जात’ भदौ २० गते

डडेल्धुरा-डडेल्धुराको गन्यापधुरा गाउँपालिका–४ स्थित महाभारत वनक्षेत्रको घना जंगलमा पर्ने प्रसिद्ध लाटागन्याप ‘शिखर जाँत’ भदौ २० गते शुक्रबार राति लाग्ने भएको छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीको राति लाग्ने यो धार्मिक मेला विशेष आस्था, परम्परा र सहित मनाइँदै आएको छ। जाँत अर्थात मेलामा सहभागी हुने भक्तजनले शिखर पुग्नुअघि दूध, अगरबत्ती र फूलपाती चढाएर पूजा गर्ने परम्परा छ।

शिखरको जाँतमा गन्यापधुरा गाउँपालिकाका मालिगाउँ, रुमायल, जैसेरा र रेल गाउँसहित डोटीको थप्सा र बानीडुग्रेसैनबाट देउरो आउने परम्परा छ। देउरो आउँदा दाइन, दमाहा र भोक्कर बजाउने गरिन्छ भने दमाहा बजाउने विशेष अधिकार दमाई जातिका व्यक्तिलाई मात्रै रहने मान्यता छ।

मेला भर्न आउने भक्तजनले एक साताअघि देखिनै शुद्ध खानेकुरा खाना खाने चलन रहि आएको छ ।

You might also like