डडेल्धुरा-अविरल वर्षा पछी हुन सक्ने सम्भावित जोखिम लाई न्यूनिकरण गर्न बैतडीमा पनि रात्रीकालीन सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। पहिरो र बाढीको सम्भावित जोखिमलाई मध्यनजर गरी मुख्य राजमार्ग तथा सहायक सडकमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।
विपद्को जोखिम रहँदासम्म आपतकालीन अवस्थाबाहेक रातिको समयमा सवारीसाधन नचलाउन अनुरोध गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।
गृह मन्त्रालयको आदेशअनुसार सो रोक लगाइएको हो।अविरल वर्षा भइरहेकाले रातिको समयमा विपद्को जोखिम बढी हुनेभएकाले जोखिम रहँदासम्म आपतकालीन अवस्थाबाहेक रातिको समयमा सवारीसाधन नचलाउन र रातको समयमा यात्रा नगर्न अनुरोध गरिएको प्रजिअ पौडेलले बताउनुभयो ।
यसअघी डडेल्धुरा जिल्ला प्रशासन कार्यालयले पनि हिजो एक सुचना जारी गर्दै अर्काे सुचना प्रकासन नहुन्जेल सम्मको लागी रात्रीकालीन यातायात संञ्चालनमा रोक लगाएको छ ।