स्थानियतहका हाकिममा व्यापक हेरफेर, डडेल्धुरामा तिन जना नयाँ आउदै

डडेल्धुर -संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानिय तहमा प्रमुख प्रशासन अधिकृत खटाएको छ ।
यो संगै अव देशका कुनै पनि स्थानिय तहमा निमित्त प्रमुख प्रशसकीय अधिकृत नरहेको मन्त्रालयले दावी गरेको छ ।
यो संगै डडेल्धुराका तीनवटा स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन्। जिल्ला अमरगढी नगरपालिका, परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउदैछन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार १२२ जना उपसचिव र ९७ शाखा अधिकृतको एकैपटक सरुवा गरेको थियो।

अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मि प्रसाद उपाध्यायको स्थानमा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा उपसचिव नवराज ओझा आउने भएका छन्। ओझा सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत कार्यरत थिए।

यस्तै परशुराम नगरपालिकामा कल्पना भट्टको स्थानमा उपसचिव मोहन अर्याल आउने भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी वा अन्तर्गत कार्यरत अर्याल परशुराम आउने भएका हुन्।

आलिताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा नेरेन्द्र सिँह ठगुन्नाको स्थानमा दीपेन्द्रराज अधिकारी आउने भएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गत कार्यालयमा कार्यरत अधिकारी आलितालको प्रमुख प्रशासकीयको रूपमा आउने भएका हुन्।

You might also like