डडेल्धुरामा जिप दुुर्घटना,४ जनाको मृत्यु

डडेल्धुरा- डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौड क्षेत्रमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। बिहीबार बिहान करिब ८ बजेको समयमा से १ ज ७३८ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको जिप्रका डडेल्धुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी डम्बर विष्टले पुष्टि गरे। उनका अनुसार ठाँटा बजारबाट जिल्ला सदरमुकाम आउँदै गरेको जिप सडकभन्दा करिब पाँच सय मिटर तल खसेको छ।

दुर्घटनामा चार जना घाइते भएको प्रहरी निरीक्षक विष्टले बताए। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको बताइन्छ। मृतक र घाइतेहरूको खनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

You might also like