डडेल्धुराको चमडामा महोत्सव हुने

डडेल्धुरा – डडेल्धुराको अजयमेरु गाउँपालिका–२, चमडामा भदौ १८ देखि २१ गतेसम्म अजयमेरु खेलकुद तथा सांस्कृतिक महोत्सव आयोजना गरिने भएको छ ।

बुधवार अजयमेरु गाँउपालिकाको कार्यालय भद्रपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गाउँपालिकाको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको अजयमेरु गाउँपालिका वडा नम्बर २ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता शिवराज भट्टले बताउनुभयो ।

महोत्सवमा विभिन्न स्टलहरु रहनेछन् भने महोत्सवमा कृषि प्रदर्शनी, पशु स्वास्थ्य शिविर, स्थानीय कला–संस्कृति प्रदर्शन, व्यापार मेला लगायतका कार्यक्रम समावेश हुनेछन्।
महोत्सवको प्रमुख आकर्षणको रुपमा रहेको भलिवल प्रतियोगिताको प्रथम पुरस्कार रु ७०,७७७/- द्वितीय रु ३०,३३३/- र तृतीय रु १५,५५५/- रुपैयाँको व्यवस्था रहेको आयोजकले जानकारी गराएको छ। भलिवल प्रतियोगिताको लागि टिम दर्ता शुल्क रु ३५०० राखिएको छ।

महोत्सवको ४ दिन सम्म राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुको सास्कृतिक प्रस्तुती रहने तथा प्रत्येक वडा बाट स्थानिय तथा लोपोन्मुह कला संस्कृतीहरु प्रस्तुत गरिने आयोजकले बताएकोछ । महोत्सवलाई अजयमेरु गाँउपालिका संग जोडिएका डडेल्धुरा तथा बैतडीका विभिन्न स्थानका करिव १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले बताएको छ ।

You might also like