डडेल्धुरामा जनजाति एकता समाजको तिज विशेष कार्यक्रम सम्पन्न

डडेल्धुरा-डडेल्धुरा जिल्ला सदरमुकाम नजिकै रहेको बैजनाथ माध्यामिक विद्यालयको प्रांगणमा जनजाती एकता समाजले मौलीक रुपमा हरितालिका तिजको अवसरमा शुभकामना आदानप्रदान तथा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।


पछिल्लो समय विभिन्न चाडपर्वहरुमा देखासीखी वढिरहेको सन्दर्भमा अमरगढी नगरपालिका वडा नं.२ मा रहेको जनजाती एकता समाजले मौलीक गित र नृत्य प्रस्तुत गर्दै तिज विशेष कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रमको उद्घाटन गर्दै अमरगढी नगरपालिका वडा नं.२ का अध्यक्ष हेमराज पन्तले लोप हुदै गईरहेको कला संस्कृतिको संरक्षण र सम्वद्र्धन का लागी सबैले मिलेर लाग्नु पर्ने र त्यस्ता कार्यक्रममा सहयोग गर्न अमरगढी नगरपालिका वडा नं.२ को कार्यालय सदैव तयार रहेको बताउनु भयो ।
कार्यक्रममा स्थानिय महिलाहरुको तर्फ बाट विभिन्न मौलीक तिज गित तथा नृत्यहरु प्रस्तुत गरिएको थियो भने यस क्षेत्रमा विरलै देख्न पाई हेम्पे नृत्य प्रस्तुत गरिएको थियो ।
उक्त तिज विशेष कार्यक्रम आयोजना गर्न अमरगढी नगरपालिका वडा नं.२ को कार्यालय, युवा समाजसेवी विनय प्रकास मल्ल र जेसीस डडेल्धुरा वर्ष २०२५ का अध्यक्ष मोहन बहादुर देउवा लगायतको शुभचिन्तकहरु वाट सहयोग प्राप्त भएको भन्दै समाजको तर्फ बाट अध्यक्ष खडक बहादुर थापा मगरले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

You might also like