डडेल्धुरा-डडेल्धुराको भागेश्वर गाउँपालिका वडा.नं.२ का वडा अध्यक्ष उपेन्द्र बहादुर जोराले भागेश्वरको चर्चित जोगेनी जाँतलाई लक्षित गरि बर्षाले अवरुद्घ सबै सडक सुचारु गरिने बताउनु भयो ।

वडाअध्यक्ष जोराका अनुसार डडेल्धुरा-बगरकोट-सिराड-रुपाल, परशुराम-शिर्ष-रुपाल-गुयला सडक, भागेश्वर ३ लामीकाण्डे,बिप्लम,सतिगाउ सडक खण्ड सुचारु गरिने छ ।
यस बर्ष सडक अवरुद्घ हुने गरि ठुलो बर्षा नभएको भए वर्षाको कारण विग्रिएका शाखा सडकहरु मर्मत गरी सडक सुचारु गर्ने गरि तयारी भईरहेको वडाअध्यक्ष जोराले बताउनु भयो ।
डडेल्धुराको भागेश्वर २ रुपालको जोगेनी डाडामा हरेक तेस्रो बर्ष जोगेनी जात (जात्रा) मेला लाग्ने गर्दछ ।
यो जातमा स्वदेश तथा बिदेश र बाह्यि जिल्लाबाट समेत दर्शनार्थि आउने गर्छन ।
रुपालको महत्वपूर्ण जातका रुपमा रहेको यो जातमा दलित समुदायबाट पुजा पाठ हुने र रुपालको जाल्क्षिणा देखि समनिया गैरी वगर सम्म बसोवास गर्नेहरुले दिनभर भोरभोस्सी खेली जात्रा मनाउने गरिन्छ ।
