डडेल्धुराको शिर्ष गाडमा मोटरेवल पुल बन्ने, परशुरामका मेयरले गरे शिलन्यास

पदम जोरा,डडेल्धुरा
कञ्चनपुर र डडेल्धुरा जिल्ला जोड्ने दैजी जोगबुडा,शिर्ष रुपाल सडक खण्ड अन्तर्गत शिर्ष गाडमा पक्की मोटरेवल पुल निर्माण हुने भएको छ ।
उक्त पुलको एक कार्यक्रमका विच परशुराम नगरपालिकाका नगर प्रमुख भरत वडायर जोशीले शिलन्यास गर्नुभएकोछ ।


पुलको शिलन्यास गर्दै नगर प्रमुख जोशीले डडेल्धुराको परशुराम र भागेश्वर गाउँपालिका जोड्ने शिर्ष गाडमा मोटरेवल पुलको मागका लागि पटक पटक पुर्व प्रधानमन्त्री तथा काङ्ग्रेस केन्द्रीय सभापति शेर बहादुर देउवा ज्यु समक्ष परशुराम नगरपालिकाले माग पत्र पेश गरेको र भागेश्वर गाउँपालिकाको समेत अनुरोधमा आर्थिक बर्ष २०८१/०८२ मा शिर्ष गाडमा मोटरेवल पुल निर्माणका लागि बजेट बिनियोजन भइ ठेक्का प्रकृया सुरु भएको बताए ।

उक्त मोटरेवल पुलमा १२ करोड वजेट बिनियोजित भएकोमा ठेक्का मार्फत करिब ९ करोड वजेटमा धुर्वतारा निर्माण कम्पनी अछामले १३ महिना भित्र काम सम्पन्न गर्ने गरि सम्झौता भएको छ ।
शिर्ष गाडमा मोटरेवल पुल निर्माण भएमा परशुराम र भागेश्वर सहित बैतडी जिल्लाका नागरिकलाई कैलाली कञ्चनपुर आवत जावतमा सहज हुने वडा न.३ का वडा अध्यक्ष नरेश बहादुुर खवासले बताउनुभयो ।

You might also like