डडेल्धुरा-शी लिड्स आईकन दोश्रो संस्करण अन्तर्गत देशभर बाट ३१ जना प्रेरणादायी महिला जनप्रतिनिधि छनौट भएका छन् ।

नेपाली महिला जनप्रतिनिधिहरुको तर्फ बाट भएका राम्रा प्रयास हरु लाई प्रचार प्रसार गर्ने उदेश्यका साथ सुरु गरिएको अभियान शी लिड्स आइकन, कल्प इम्पावर वुमन नेपाल द्धारा संञ्चालन भईरहेको राजनीतिमा महिला परियोजना अन्तर्गत सम्मान गर्न लागीएको हो।
२०८१ साल पुष १९ गते काठमाडौंमा पहिलो संस्करणको कार्यक्रम सम्पन्न भएको थियो भने परिस्कृत रुपमा दोश्रो संस्करणको कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले बताएको छ
।
आयोजकका अनुसार दोस्रो संस्करणका लागी देशभरका १३१ वटा स्थानीय तहबाट महिला जनप्रतिनिधिहरुको आवेदन प्राप्त भएको थियो भने निर्णायक मण्डलको विभिन्न मापदण्डको आधारमा ३१ जना प्रेरणादायी महिला जनप्रतिनिधि छनौटमा परेका छन् ।।
छनौट भएका ३१ जना महिला जनप्रतिनिधि मध्ये सुदुरपश्चिम प्रदेश बाट ५ जना महिला जनप्रतिनिधिहरु प्रेरणादायी महिला जनप्रतिनिधिका रुपमा छनौटमा परेका छन् ।
कैलालीको लम्किचुहा नगरपालिका प्रमुख शुशिला शाही, डडेल्धुराको गन्यापधुरा गाँउपालिका उपाध्यक्ष ज्ञानु सेटी देउवा, बझांगको साईपाल गाँउपालिका उपाध्यक्ष डोल्मा तामांग र डोटी जिल्लाको जोरायल गाँउपालिका उपाध्यक्ष जमुना बोहरा र आदर्श गाँउपालिकाका उपाध्यक्ष लक्ष्मी धामी रोकाया सुदूरपश्चिम बाट प्रेरणादायी महिला जनप्रतिनिधिका रुपमा छनौट भएका हुन ।
![]()
