उत्तराखण्ड बाढीमा नेपालका १७ जना बेपत्ता, प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

काठमाडौं-भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशीको हर्सिल क्षेत्रमा गएको मंगलबार मंगलबार दिउँसो आएको बाढीमा नेपालका १७ जना बेपत्ता भएका छन्। शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीमा १७ जनाभन्दा बढी नेपाली नागरिक परेको खबर आएको जानकारी दिएका हुन्।

उत्तराखण्डमा बाढीले ठुलो जनधनको क्षति पुगेको भन्दै तुर्कमेनिस्तानको भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरे। उनले लेखेका छन्, ‘बाढीमा १७ जनाभन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ। उनीहरूको उद्धारका लागि दूतावास मार्फत तत्काल कूटनीतिक छलफल भएको थियो। बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछु।’

उत्तरकाशीको हर्सिल क्षेत्रमा मंगलबार दिउँसो आएको बाढीले ठुलो क्षति गरेको छ । बाढीमा परि जाजरकोट जिल्लाका एउटै गाँउका धेरै जना सम्पर्क विहिन भएका े समाचार हरु आईरहेका छन् ।

You might also like