शुक्लाफाँटामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरमा मोटरसाईकल दुर्घटनामा परी गम्भिर घाईते भएका एक जनाको मृत्यु भएको छ ।मंगलवार शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजार नजिकै मोटरसाइकल दुर्घटना हुँदा शुक्लाफाँटा नगरपालिका ७ का ४४ वर्षका गजेन्द्र बहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मृतक संग रहेको राष्टिय परिचय पत्रको आधारमा उनको पहिचान खुलेको हो सु.प.प्र. ०२००३ प्र ४८६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको पिल्लरमा ठोक्किँदा दुर्घटना भएको थियो ।

प्रहरी अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लगि महाकाली प्रादेशिक अस्पतालमा ल्याइएको र उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

You might also like