डडेल्धुरामा मोटरसाईकल दुर्घटना हुदा युवकको मृत्यू

डडेल्धुरा-डडेल्धुरा जिल्लाको अजयमेरु गाँउपालिका वडा नं.२ का युवक गणेश भट्टको आज वेलुकी मोटरसाईकल दुर्घटनामा परि निधन भएको छ ।
घरतर्फ जादै गरेको मृतकले चलाएको रातो रंगको पल्सर मोटरसाईकल अजयमेरु गाँउपालिकाको वडा नं.१ पुईलेक काशीपुर भन्ने स्थानमा आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएकोछ ।
सडक खण्डबाट अन्दाजी ५० मिटर तल खस्न गई घाइते भएको सुचना प्राप्त भए पछी जिल्ला प्रहरी कार्यालय बाट खटिएको टोलीले उद्धार गरी डडेल्धुरा अस्पताल ल्याएको भए पनि उपचारको क्रममा करिव साढे सात वजे साँझ अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सुचना अधिकारी तथा प्रहरी निरिक्षक धनी चन्दले बताउनु भयो ।
प्रहरीका अनुसार उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

You might also like