विप्लव संग एकता गर्ने नेकपा माओवादी केन्द्रको निर्णय

काठमाण्डौ-नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको छ ।

स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले विप्लवसँग एकता गर्ने निर्णय गरेको जानकारी दिए ।

‘विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय भएको छ,’ बैठकपछि सापकोटाले भने, ‘छिट्टै वार्ता समिति बनाएर अगाडि बढ्ने कुरा भएको छ ।’

यस अघि पनि माओवादीले पटक पटक विप्लवसँग एकता गर्ने निर्णय गरेको थियो । तर माओवादीको उक्त निर्णय रणनीतिक विषयमा मात्रै सीमित बनेको थियो ।

केही दिन अघिसम्म माओवादीले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पनि एकता गर्ने गरी छलफल गरेको थियो ।

You might also like