नवदुर्गाको कोटेलीमा तेश्रो संस्करणको जयभुवन क्रिकेट प्रतियोगिता हुदै

डडेल्धुरा-जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं. १ ऐरोडा, कोटेलीमा तेश्रो संस्करणको जयभुवन जिल्ला स्तरीय खुल्ला टि २० क्रिकेट प्रतियोगिता असोज १० गते बाट हुने भएको छ ।


नवदुर्गा गाउंपालिका वडा नं. १ को जय भुवन युवा क्लव एरोडाले क्रिकेट प्रतियोगिताको तेश्रो संस्करण आयोजना गर्न लागेको हो । चाडपर्व लाई लक्षित गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको क्लवका अध्यक्ष किरण ऐरले बताए ।
प्रतियोगिताको बारेमा बिस्तृत जानकारी छिट्टै नै पत्रकार सम्मेलन गरेर दिइने क्लवले जनाएको छ । गत वर्ष आयोजना गरिएको दोश्रो संस्करणको प्रतियोगितामा जिल्ला भरीका १४ वटा टिमले प्रतिस्पर्धा गरेका थिए भने यो पटक अझ वढी टिमले सहभागिता जनाउने विश्वास लिएको क्लवका अध्यक्ष किरण ऐरले बताए ।

प्रतियोगिता संञ्चालनका लागी क्लवका शुभचिन्तकहरुले सहयोग गरीरहेको क्लवले जनाएको छ । डडेल्धुरा जिल्लामा क्रिकेट खेल्नका लागी उत्कृष्ट खेलमैदानहरु मध्ये को एक मानिने कोटेलीको एरोडाको खेल मैदानमा प्रतियोगिता संञ्चालन हुनेछ ।
असोज १० गते देखी १४ गते सम्म संञ्चालन हुने प्रतियोगितामा करिव १७ टिमले सहभागीता जनाउने अनुमान गरिएको छ । यस प्रतियोगितामा झिल्को न्यूज डट कम र देवभूमी राष्ट्रिय दैनिक मिडिया पार्टनरको रुपमा रहनेछ ।

You might also like