काठमाडौं-सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को अवधि १० वर्ष हुने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्ष थियो । ऐनको संशोधन गरी लाइसेन्सको अवधि १० वर्ष बनाइएको छ ।
ऐन राजपत्रमा प्रकाशित गरी लाइसेन्सको बहाल अवधि १० वर्ष लागू गरिएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधनको दफा ५४ को उपदफा ३ मा लाइसेन्सको अवधि १० वर्ष हुने उल्लेख छ ।
यो ऐन लागू नहुँदासम्म ५/५ वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने थियो । अब भने १० वर्षमा मात्रै नवीकरण गर्नुपर्ने भएको छ । नयाँ कानुनमा सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्रमा निजी क्षेत्रलाईसमेत अनुमति दिने व्यवस्था गरिएको छ ।
