अन्तर प्रदेशीय श्रोत साझेदारीमा सुदुर पश्चिम प्रदेशको एक्यवद्धता

सुदूरपश्चिम प्रदेशको धनगढीमा अन्तर-प्रदेश स्रोत साझेदारीलाई प्रभावकारी बनाउन निर्देशिका र समझदारी पत्रको खाका तयारी, क्षमताविकासका क्षेत्र पहिचान, र विपद् पूर्वतयारी तथा प्रतिकार्यमा असल अभ्यास आदानप्रदान गर्न कार्यशाला सम्पन्न भएको छ ।


सदुरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रम यूरोपेली आयोगको आर्थिक, युएनडिपि नेपाल, युनिसेफ नेपाल, युएन ओमन, हेन्डीक्याप ईन्टरनेसनलको प्राविधिक सहयोगमा स्थानीय साझेदार संस्था (RUWDUC) रुडुक नेपाल ले कार्यान्वयन गरिरहेको सुपर दोश्रो (SUPER-II) परियोजना अन्तर्गत सम्पन्न भएको हो।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशको सरोकारवाला निकाय, सरकारी तथा गैरसरकारी संस्था र स्थानीय तहका प्रतिनिधिहरुको उपस्थिति थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा आन्तरीक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्कीले श्रोत साझेदारीका लागि नितिगत व्यवस्था पनि भएका कारण हामीले यसलाई अभ्यासको रुपमा लैजानुपर्दछ र जस्का लागि सुदूरपश्चिम प्रदेश तयार रहेको कुरा ब्यक्त गनुभयो ।
कार्यक्रमका अध्यक्षता गर्नु भएकाका आन्तरीक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशका उपसचिव आमोद दाहालले समन्वयात्मक तयारीले श्रोत परिचालन र उद्धारलाई सहज बनाउने भएकाले पूर्वतयारी र कानुनी ढाँचा विषयमा समेत छलफल गरिएको जानकारी दिनुभयो। कार्यक्रमको सहजीकरण पूर्व सचिव शंकर कोईरालाले गर्नुभएको थियो।

 

You might also like