पञ्चेश्वर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा दल बहादुर धामी

बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिकाको प्रमुख प्रशाुसकीय अधिकृत रुपमा दल बहादुर धामी हाजिर भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धामीलाई पञ्चेश्वर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएपछि आज पञ्चेश्वरगाउँपालिकामा हाजिर भएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत धामीलाई आज गाउँपालिकाका उपाध्यक्ष विना भट्ट लगायतका जनप्रतिनिधि र कर्मचारीहरुले पालिकामा स्वागत गरेका छन् ।

गाउँपालिकामा हाजिर भएका उनलाई गाउँपालिकका जनप्रतिनिधि र कर्मचारीहरुले अबिर र खादा लगाएर स्वागत गरेको गाउँपालिकाका प्रवक्ता जनक बहादुर चन्दले बताउनुभयो ।

यस अघि पञ्चेश्वर गाउँपालिकामा राम सागर शाहले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

You might also like