डडेल्धुराको नवदुर्गामा ब्यवसायिक दुना टपरी तालिम सम्पन्न

डडेल्धुरा-डडेल्धुराको नवदुर्गा गाउपालिकामा दुनाटपरी सम्बन्धि ५२ दिने सीप विकास तालिमको आज एक कार्यक्रमका विच समापन गरिएको छ ।


नवदुर्गा गाँउपालिकाको घरेलु तथा साना उद्योग प्रवद्र्धन कार्यक्रम अन्तर्गत गाँउपालिकाको वडा नं.३ का ५३ जना महिला उद्यमीहरु लाई लक्षित गरि ५२ दिने तालिम कार्यक्रमको आयोजना गरिएको थियो ।

स्थानिय श्रोत साधनको भरपुर उपयोग गर्दै स्थानिय तथा वाह्य बजारमा समेत निर्यात गर्ने उद्देश्यले नवदुर्गा गाँउपालिकामा दुना टपरी उत्पादन गर्ने जनशक्ति तयार गर्नका लागी दुनाटपरी उत्पादन सम्बन्धि तालिम कार्यक्रम आयोजना गरिएको नवदुर्गा गाउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पुष्पराज जोशीले बताउनु भयो ।


गाँउपालिका भित्र जलवायूमैत्री अभ्यास अन्तर्गत प्लास्टिकका प्लेटहरु बिस्तापित गर्न तथा हाल सम्म स्याउलाको रुपमा मात्र प्रयोग भईरहेको पात लाई दुनाटपरीको रुपमा प्रयोग गरी महिलाहरुले आयआर्जन मा सहयोग गर्ने उद्देश्य रहेको गाँउपालिका उपाध्यक्ष निर्मला कुमारी बोगटी बिष्टले बताउनु भयो ।
नवदुर्गा गाँउपालिका वडा नं.३ का ५३ जना महिलाहरु लाई ५ वटा समुहमा विभाजन गरि दुना टपरी उत्पादन गर्ने लक्ष लिएको छ भने हाल लाई उक्त समुहलाई पालिकाको तर्फ बाट २ वटा मेसिन उपलब्ध गराईएको छ । उत्पादन भएको दुना तथा टपरी लाई वडा नं.३ र नवदुर्गा गाँउपालिकाले बजारीकरण गर्ने योजना रहेको छ ।

You might also like