नागरीक लोक बैज्ञानिक लक्षित दुई दिने तालिम सम्पन्न

डडेल्धुरा-डडेल्धुरामा नागरिक लोक बैज्ञानिक लक्षित दुई दिने पूनर्ताजगी तालिम कार्यक्रम आज सम्पन्न भएको छ ।
दार्चुला, डडेल्धुरा र कन्चनपुर जिल्लाका महाकाली नदी बेसिन क्षेत्रमा रहेका महिला आर्थिक सशक्तिकरण केन्द्र अन्तर्गतका नागरीक लोक बैज्ञानीकहरु लक्षित गरि आयोजना गरिएको २ दिने पुनर्ताजगी तालिम आज सम्पन्न सम्पन्न भएको हो ।


महाकाली नदी बेसिन क्षेत्र अन्तर्गतका विभिन्न क्षेत्रमा रहेका पानीका मुहानहरु, नदीनाला र सामुदायिक स्तरमा रहेका विभिन्न पानीका श्रोतहरुको विभिन्न किसिमको परिक्षण गर्ने गरी शैद्धान्तिक र प्रयोगात्मक तालिमको आज एक कार्यक्रम विच समापन गरीएको छ ।

अक्सफाम नेपालका साझेदार संस्थाहरु रुडुक, सिआरडिएस र निड्स नेपालको संयुक्त आयोजनाका साथै जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरा संगको प्राविधिक सहकार्यमा यो तालिम डडेल्धुरामा संचालन गरीएको थियो ।

पानी संग प्राय बढि सरोकार र प्रयोग महिलाहरुको बढी रहने र यस प्रयोगात्मक तालिममा पनि ३ वटै जिल्लावाट ३० जना महिलाहरुको सहभागीता रहेकाले जनस्वास्थ्य, पानीको शुद्धता एवं जनचेतनाहरुको अभिबृधि गर्ने क्षेत्रमा यस तालिमको प्रभावकारीता धेरै रहने कुरा समापन समारोहका प्रमुख अतिथि एवं डडेल्धुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री जनार्दन गौतमले वताउनु भयो ।


पानीजन्य रोगले हाम्रो स्वास्थ्यमा निकै प्रतिकुल प्रभाव पारीराख्ने भएकाले हामीले यसवारेमा सचेतका साथै यसको शुद्धता, प्रयोग र व्यवस्थापनमा बैज्ञानीक प्रविधिको परिक्षण पश्चातको उपभोगले पक्कै पनि हामीलाई पानीजन्य रोग एवं प्रभाववाट हुने असरलाई न्यूनीकरण गर्न सक्दछौ, कार्यक्रमका अतिथि एवं स्वास्थ्य कार्यालय डडेल्धुराका जनस्वाथ्य निरिक्षक केशर बहादुर साउदले बताउनुभयो । उनले आगामी दिनमा समुदाय स्तरमा जनस्वास्थ्य संग सम्बन्धित विभिन्न क्रियाकलापहरु संचालन गर्दा कार्यालयको तर्फवाट हुने सहयोग र सहकार्यका सबै मिलि कार्य गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
समापन कार्यक्रम रुडुक डडेल्धुराको सभाहलमा संस्थाकी कोषाध्यक्ष लक्ष्मी खर्कवालको अध्यक्षतामा सम्पन्न गरीएको थियो ।

You might also like