टेक्सास-गैर अवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको संयुक्त राष्ट्र अमेरीकाको बोर्ड अफ डाईरेक्टर पदकालागी युवा समाजसेवी सुरेन्द्र प्रसाद अवस्थिले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

एकता, सहमति र जवाफदेहिता, सवल र समावेशी एन.आर.एन. हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ वर्ष २०२५ देखी २०२७ सम्मको कार्यकालको लागी यही अगस्त १६ र १७ गते सम्पन्न हुन लागेको गैर आवसीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद, अमेरीको निर्वाचनमा अवस्थिले बोर्ड अफ डाईरेक्टर पदका लागी उम्मेदवारी घोषणा गर्नुभएको हो ।
विद्यार्थिकालमा जुनियर रेडक्रस सर्कलमा आवद्ध भएर समाजसेवामा लागेका अवस्थिले नेपालमा रहदा नेपाल विद्यार्थि संघको विभिन्न तहको संरचनामा रहेर विद्यार्थिहरुको हकहितका लागी काम गर्नुभएको थियो ।

नेपाल घर कञ्चनपुर र हाल अमेरीकाको टेक्सासको सेन्ट्रल अस्टिनमा बसोवास गरिरहनु भएका अवस्थि टेक्सासमा रहेको सुदूरपश्चिमम नेपाली समाजको दोश्रो कार्यकालको लागी बोर्ड मेम्बरको रुपमा कार्यरत हुनुहुन्छ । प्रवासमा रहेर पनि स्वदेश तथा विदेशमा रहेका नेपालीहरु लाई आपद, विपदमा सहयोग गर्न तत्पर रहने अवस्थिले थुप्रै सामाजिक अभियान मार्फत सहयोग जुटाउने कार्यमा आफुलाई आवद्ध गर्नुभएको छ ।
संस्थाको लक्ष र विधान अनुसार सम्पूर्ण जिम्वेवारीहरु इमानदारीपूर्वक निर्वाह गर्ने, समयमै र प्रभावकारी सेवा प्रवाह गर्ने तथा संस्थाको अभियान र उद्देश्य प्रति पूर्ण समर्पणका साथ कार्य गर्ने प्रतिबद्धता सहित आफुले यो निर्वाचनमा उम्मेदवारी दिएको अवस्थीले बताउनु भयो ।

