डडेल्धुरा-विगत लामो समय देखी माशैल आर्टमा समर्पित रहेका डडेल्धुराका राजेन्द्र मडैलाई नेपाल हाप्किडो संघले सुदूरपश्चिम प्रदेशको मुख्य प्रशिक्षक पदमा नियुक्त गरेको छ।
नेपाल हाप्किडो संघका संस्थापक तथा अध्यक्ष कालीबहादुर घर्ती मगरद्वारा हस्ताक्षर गरिएको नियुक्तिपत्रमा उल्लेख भएअनुसार, मडैको समर्पण, दक्षता र हाप्किडोको विकासमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै उनलाई यो भूमिका प्रदान गरिएको हो।
नयाँ जिम्मेवारीसँगै उनले सुदूरपश्चिममा हाप्किडो प्रशिक्षण कार्यक्रमको समन्वय, प्रशिक्षक विकास सेमिनारको आयोजना, र हाप्किडोको प्रचार–प्रसार जस्ता महत्वपूर्ण कार्यहरू गर्नेछन्। संघले उनको नेतृत्वमा सुदूरपश्चिममा हाप्किडोले थप फड्को मार्ने विश्वास व्यक्त गरेको छ।
डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका वडा न. ८ घर भएका मडै लामो समय देखि खेलकुद क्षेत्रमा काम गर्दै आइरहेका छन् ।