डडेल्धुरा-सुदूरपश्चिमको डडेल्धुरा अस्पतालमा प्रमुख मेडिकल सुपरीटेन्डेन्ट (प्र.मे.सु.) को रुपमा डा. सुधा देवकोटाले जिम्वेवारी लिएका छन् ।
स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाको निर्देशक रहेकी डा. सुधा देवकोटालाई गत ३१ असारमा स्वास्थ्य मन्त्रालयले डडेल्धुरा पठाउने निर्णय गरेको थियो।
डडेल्धुरा अस्पतालमा आज आयोजित स्वागत कार्यक्रममा डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझा र यस अघि निमित्त प्रमेसुको रुपमा अस्पताल प्रमुखको जिम्मेवारी डा नरेन्द्रकुमार खनाल लगायतका अस्पतालका कर्मचारीहरुेले डा.देवकोटालाई स्वागत गरेका थिए ।
