भायानेटको स्वतन्त्र संचालकमा अनुभवी बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त

काठमाण्डौ-नेपालको इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले आफ्नो सञ्चालक समितिमा अनुभवी बैंकर परशुराम कुँवर क्षेत्रीलाई स्वतन्त्र संचालकमा नियुक्त गरेकोछ।बैंक तथा वित्तीय क्षेत्रका कुशल तथा अनुभवी व्यक्तित्व मानिएका क्षेत्री कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार भायानेटको बोर्डमा आवद्ध भएकाहुन्।

क्षेत्रीले सन् १९८६ मा तत्कालीन ग्रिनल्यान्ड बैंक हालको स्ट्यान्डर्डचार्टर्डबैंक बाटआफ्नो करियर सुरुगरेका थिए। त्यसपछि उनले नेपालबैंक, सिटिजन्स बैंक इन्टरनेशनल, बैंक अफ एशियामा वरिष्ठ पद सम्हालेकाथिए।क्षेत्रीले जनता बैंक र ग्लोबल आइ एम ई बैंकमा प्रमुखकार्यकारी अधिकृतको जिम्मेवारी निर्वाहगरेका छन्।
क्षेत्रीले सन्२०२०मा ग्लोबल आइ एम ई बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट अवकास लिएकाहुन्।

भायानेट कम्युनिकेशन लिमिटेडले अनुभवी बैंकर परशुराम कुँवर क्षेत्रीलाई बोर्डमा स्वागत गर्दै उनको तीन दशक भन्दा बढी समय देखि विभिन्न क्षेत्रमा संचित अनुभवले कम्पनीलाई आगामी दिनमा अझ सशक्त र दिगो विकास तर्फ लैजान मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।

You might also like