डडेल्धुरामा श्रीमान द्धारा हँसिया प्रहार गरी श्रीमतीको हत्या

डडेलधुरा- डडेल्धुराको गन्यापधुरा गाउँपालिका ३ मा घरायसी विवादले डरलाग्दो रूप लिएको छ। साउन १ गते राति साढे ११ बजेतिर सोही ठाउँका कर्ण भुलले आफ्नी श्रीमती खिमा देवी भुलको हँसिया प्रहार गरी हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार, अन्दाजी ५४ वर्षीय कर्ण भुलले आफ्नै घरमा ४० वर्षीया श्रीमती खिमा देवीको घाँटीमा हँसियाले प्रहार गरेका थिए। घटनालगत्तै कर्ण भुल फरार भएका थिए।

आज बिहान पौने ९ बजे प्रहरीलाई खबर प्राप्त भएपछि प्रहरी निरीक्षक डम्बर विष्टको नेतृत्वमा खटिएको टोलीले एक घण्टाभित्रै ९पौने १० बजे० फरार कर्ण भुललाई गन्यापधुरा गाउँपालिका ३ बाट नियन्त्रणमा लिएको छ।
प्रहरीले कर्ण भुललाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

You might also like