डडेल्धुरा-डडेल्धुरा जिल्लाको नवदुर्गा गाँउपालिका गाँउ कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत हर्ष बहादुर रोकाले आफ्नो जन्मदिन डडेल्धुरा अस्पतालका विरामी संग मनाएका छन् ।

डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका वडा नं.५ का स्थानीय बासिन्दा समेत रहेका रोकाले डडेल्धुरा जिल्ला सदरमुकाम स्थित डडेल्धुरा अस्पतालको वार्डमा रहेका विरामी तथा कुरुवा लाई जन्मदिनको अवसर पारि आज फलफुल वितरण गर्दै बिरामीहरुको सिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेका थिए ।
मानिस सामाजिक प्राणी भएका कारण आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्नको लागि आफ्नो जन्मदिन अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरी उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मनाएको नवदुर्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्षबहादुर रोकाले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत रोकाले आफ्नो हरेक जन्म दिन यसरी सामाजिक कार्य सहित मनाउने गरेका छन् ।
