बिद्यालय स्तरीय भुकम्पिय सुरक्षा एवं पूर्वतयारी र घरायसी आगलागी सम्बन्धि कृतिम (नमुना) अभ्यास कार्यक्रम
धनगढी उपमहानगरपालिका अन्र्तगतका २८ वटा बिद्यालयमा सम्पन्न भएको छ ।
उपमहानगरपालिका भित्र घट्न सक्ने विभिन्न प्रकृतिका विपद्हरुको पूर्वतयारी र प्रभावकारी रूपमा प्रतिकार्यका लागि
समन्वयकारी भूमिका गर्न सकिने अवधारणा अनुरुप १९ वटै वडाका २८ वटा सामुदायिक बिद्यालयहरुमा १, १ दिने
कृतिम पूर्वअभ्यास कार्यक्रम सम्पन्न गरीएको छ ।
धनगढी उप–महानगरपालिका, बिपद् व्यवस्थापन शाखा, नगर प्रहरी, उप–महानगर अन्तर्गत रहेका २८ वटा माध्यमिक
बिद्यालयका शिक्षक, शिक्षिका, छात्र, छात्रा, बिभिन्न सरोकारवाला निकायहरु र क्षेत्रगत जनशक्तिहरु सहित विपद्
प्रतिकार्यका दौरानमा गर्न सकिने भुमीकाहरु, विपद् पूर्व, पश्चात र दौरानका अभ्यासहरुलाई समेटी यो कार्यक्रम
संचालन गरीएको थियो ।
भुकम्पिय पुर्वतयारी एवं घरायसि आगलागी नियन्त्रणका दौरानमा प्रतिकार्य चरणलाई प्रभावकारी व्यवस्थापन, तथा
आपतकालिन अवश्थामा समन्वय गरी विपद् पुर्वतयारी र प्रतिकार्य सहित क्षती न्यूनीकरणमा बिद्यालय स्तरमा
रहेका स्वयंसेवक छात्र छात्राहरुको महत्वपूर्ण भुमीका रहने कुरा धनगढी उप–महानगरपालिका विपद् सम्पर्क ब्यक्ति
दिपक भण्डारीले बताउनुभयो ।
कार्यक्रम धनगढी उप–महानगरपालिकाको आयोजना तथा यूरोपेली आयोगको आर्थिक, यु.एन.डि.पि. नेपाल, युनिसेफ
नेपाल, यु.एन.वमन र हेन्डीक्याप ईन्टरनेसनको प्राविधिक एवं स्थानीय साझेदार संस्था रुडुक नेपाल र नेपाल रेडक्रस
शोसाईटी कैलाली शाखा द्वारा संचालित शहरी विपद् तथा भुकम्पीय पूर्वतयारी सुपर दोश्रो परियोजना मार्फत गरीएको
हो ।
बिभिन्न बिद्यालयमा सम्पन्न कार्यक्रमहरुमा उपस्थीत वडा अध्यक्षहरुले आगामी दिनमा विपद् प्रतिकार्यका लागि
प्रविधि र मानवीय संशाधनको उचित परिचालन, विपद् प्रतिकार्यमा संलग्न सरोकारवाला विच प्रभावकारी समन्वय
गर्नुका साथै नियमित रूपमा बिपद् व्यवस्थापनका कार्यहरुमा बिद्यालय एवं आम जनसमुदायहरुलाई झक्झक्याउने
खालका पूर्वतयारीका गतीविधि संचालनलाई निरन्तरता दिनुपर्ने कुरा ब्यक्त गर्नुभएको थियो ।