डडेल्धुरा-गन्यापधुरा गाँउपालिका वडा नं.१ स्थित श्री सरस्वती माध्यामिक विद्यालयका शिक्षक तथा कर्मचारीहरु लाई विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा अभिभावक हरुले सम्मान गरेका छन् ।
विद्यालयले २०८१ मा संञ्चालित एस.ई.ई. परिक्षामा उत्कृष्ठ तथा सन्तोषजनक नतिजा ल्याएको भन्दै शिक्षक तथा कर्मचारी लाई विद्यालयमा आज एक कार्यक्रमको आयेजना गरि सम्मानीत गरिएको हो ।
गन्यापधुरा गाँउपालिका वडा नं.१ का अध्यक्ष नरेश राज भण्डारीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा गन्यापधुरा गाँउपालिकाका अध्यक्ष ईन्द्र बहादुर कार्की प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो भने गाँउपालिका उपाध्यक्ष ज्ञानु कुमारी सेठी देउवा विशिष्ठ अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । उक्त कार्यक्रममा गन्यापधुरा गाँउपालिका वडा नं.३ का अध्यक्ष चक्र बहादुर देउवाको पनि उपस्थिी रहेको थियो ।
कार्यक्रममा उत्कृष्ठ नतिजा ल्याउन दिनरात मेहनत गरेकोमा धन्यवाद दिदै अभिभावकहरुले दोसल्ला र अविरका साथ टिका लगाएर सम्मान गरेका थिए भने अभिमावकको तर्फ बाट बनभोजको आयोजना पनि गरिएको थियो ।
राम्रो नतिजा हुदा आफुले जश लिने र नराम्रो हुदा अरु लाई अपजस दिने हाम्रो समाजको चलन लाई चिर्न आवश्यक रहेको भन्दै सम्मान कार्यक्रममा सहभागी हुनुभएकोमा सबै अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थि तथा अतिथिहरु लाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय प्रसाद भट्टले धन्यवाद व्यक्त गर्नुभएको थियो ।