काठमाडौँ–माध्यमिक शिक्षा परीक्षा -एसईई_ आगामी वर्षदेखि प्रदेशबाटै सञ्चालन गर्ने विषयमा सहमति जुटेको छ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सहमतिमै प्रस्ताव पारित गरेको हो। उपसमितिले यो विषयलाई हटाए पनि शिक्षा मन्त्रालयले गरेको प्रस्तावमाथि समितिमा शनिबार छलफलपछि पारित भएको हो। अब राष्ट्रिय परीक्षा बाेर्डकाे समन्वयमा एसईई सञ्चालन गर्नुपर्नेछ।