डडेल्धुरा–एसइई परीक्षामा सुदूरपश्चिम प्रदेशबाट ५५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। सुदूरपश्चिम प्रदेशबाट ५९ हजार आठ सय चार जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ३२ हजार नौ सय ३० विद्यार्थी ग्रेडेड भएका हुन्।
परीक्षामा सहभागी २६ हजार आठ सय ७४ जना ननग्रेडेड भएका छन्। ननग्रेड भएका विद्यार्थीका लागि साउन २९ देखि मौका परीक्षाको व्यवस्था गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार शुक्रबार सार्वजनिक गरिएको नतजिाअनुसार सुदूरपश्चिम प्रदेशमा ३.६० देखि ४ जीपीए अर्थात् विशिष्ठ श्रेणी ल्याउने विद्यार्थीको संख्या एक हजार दुई सय १९ छन्।
यस्तै, १.६० देखि २ जीपीए ल्याउने एक जना, २ देखि २.४० जीपीए ल्याउने ६ सय ५९, २.४० देखि २.८० जीपीए ल्याउने पाँच हजार सात सय १९ जना, जीपीए २.८० देखि ३.२० ल्याउने सात हजार चार सय ७६ जना, ३.२० देखि ३.६० जीपीए ल्याउने चार हजार ९१ जना छन्।