ग्लोबल आइएमई बैंक डडेल्धुरा शाखाबाट १० थान डस्टबिन हस्तान्तरण

डडेल्धुरा, वातावरण संरक्षणमा योगदान पुरयाउने उद्देश्यले ग्लोबल आइएमई बैंक डडेल्धुरा शाखाले अमरगढी नगरपालिका–५ मा १० थान डस्टबिन (फोहरमलाईहरु) हस्तान्तरण गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्व वातावरण दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रममा अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी प्रमुख अतिथि थिए भने वडा अध्यक्षहरूको पनि उपस्थिति रहेको थियो।

बैंकका सञ्चालन प्रमुख कमल ऐडिका अनुसार हस्तान्तरण गरिएका डस्टबिनहरूको कुल लागत १ लाख रुपैयाँ रहेको छ।

शाखा प्रमुख विरेन्द्र शाहीका अनुसार, “ग्लोबल आइएमई बैंक सामाजिक उत्तरदायित्वप्रति सधैं सजग छ र आगामी दिनहरूमा पनि यस्ता समाजोपयोगी कार्यहरूमा निरन्तर सक्रिय रहनेछ।”

यस कार्यक्रमबाट स्थानीय स्तरमा वातावरणप्रति सचेतना बढ्ने र फोहर व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ।

You might also like