जेष्ठ नागरीक तथा खेलाडी लाई जोरायल २ को सम्मान

डोटी-डोटी जिल्लाको जोरायल गाँउपालिका वडा नं.२को कार्यालयले आज एक कार्यक्रमका बिच जेष्ठ नागरीक तथा खेलाडी हरु लाई सम्मान गरेको छ ।
जेष्ठ नागरीक संग सु.प. सरकार, जेष्ठ पुस्ताको सम्मान तथा नयाँ पुस्ता लाई ज्ञान भन्ने मुल नारा का साथ सामाजिक विकास कार्यालय डोटी तथा जोरायल गाँउपालिका वडा नं.२ को कार्यालयको तर्फ बाट वडा नं.२ का १५ जना जेष्ठ नागरीकहरु लाई सम्मान गरिएको हो ।

जोरायल गाँउपालिका वडा नं.२ का अध्यक्ष विर बहादुर दर्लामीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्रि पूर्णा जोशी प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा १५ औँ राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिताको सुदुरपश्चिम प्रदेश स्तरीय छनौट प्रतियोगितामा डोटीको तर्फ बाट प्रतिनिधित्व गर्दै कराते खेलमा पदक जितेका जोरायल गाँउपालिका वडा नं. २ का ३ जना खेलाडीहरु लाई सम्मान गरिएको थियो । पदक विजेता खेलाडी लाई वडा नं.२ का अध्यक्ष विर बहादुर दर्लामीले व्यक्तिगत रुपमा पुरस्कार प्रदान गर्नुभएको थियो ।

समाज बनाउन मेहनत र योगदान दिने अग्रज लाई सम्मान गर्न पाउनु आफुहरुको अहोभाग्य भएको बताउदै वालवालिका तथा जेष्ठ नागरीकहरुको सम्मान गर्नु हामी सबै कर्तव्य भएको जोरायल गाँउपालिका वडा नं. २ का अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष विर बहादुर दर्लामीले बताउनु भयो ।

You might also like