डोटी–जोरायल गाँउपालिका वडा नं.२ बुडर स्थित चेली स्वप्न बाटिकामा शारिरिक, मानसिक र कानुनी सम्बन्धि आत्मरक्षा कार्यक्रम आज सम्पन्न भएको छ ।
सुदूरपश्चि प्रदेशका पूर्व आन्त्रिक तथा कानुन मन्त्रि पूर्णा जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा जोरायल गाँउपालिकाका वडा नं.२का अध्यक्ष विर बहादुर दर्लामी विशिष्ट अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा प्रमुख अतिथि एबं पूर्व मन्त्रि पूर्णा जोशीले सुदूरपश्चिममा भएका लगातार चेलीबेटी हत्या तथा चेलीबेटी माथि भएको अन्याय लाई न्यूनिकरण गर्न तथा ति चेलीहरुको सम्झनामा स्वप्न वाटिका बनाई चेलीबेटीहरु लाई यही स्वप्न बाटिकामा विभिन्न विषयमा प्रशिक्षण गर्न परिकल्पनाका साथ स्वप्न बाटिकाको निर्माण गरिएको बताउनु भयो ।
छोरीले न्याय दिने र आमाले न्याय दिन सक्ने समाज निर्माण गर्ने परिकल्पनाका साथ स्थापना गरिएको स्पप्न बाटिकाले आयोजना गरेको कार्यक्रममा चेलीबेटीहरु लाई मानसिक र कानुनी प्रकृयाको बारेमा पूर्वमन्त्रि जोशीले प्रशिक्षण दिनुभएको थियो भने उक्त कार्यक्रममा बालिकाहरु लाई आत्मरक्षाको प्रशिक्षण दिईएको थियो ।

सुदूरपश्चिममा सामाजिक अभियन्ताको रुपमा चिनिने वोल्न्याथलीले निर्माण गरेको यो चेली स्वप्न बाटिकाले पर्यटन लाई पनि टेवा पुरयाउने अपेक्षा लिईएको जोरायल गाउपालिका वडा नं.२ का अध्यक्ष बिर बहादुर दर्लामीले बताउनु भयो ।