मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित

डडेल्धुरा–राष्ट्रिय विपद् जोखिम न्यूनीकण तथा व्यवस्थापन प्राधिकरणले मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित गरेको छ।

सिंहदरबारमा बुधबार बसेको प्राधिकरणको बैठकले मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले बैठकमा यो वर्ष मनसुनजन्य विपद् बढी हुनसक्ने भएकाले प्रतिकार्य योजना बनाइ पेस गरिएको र बैठकले पास गरेको जानकारी दिए।

गृहमन्त्री रमेश लेखकको नेतृत्वमा बसेको बैठकले पारित गरेको कार्य योजनामा सम्बन्धित निकायको मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना, पूर्वतयारी र प्रतिकार्यका लागी आवश्यक सम्पर्क विवरण, सामग्रीहरूको मौज्दात र दक्ष जनशक्तिको विवरण समेटिएको छ। यस वर्ष विपदबाट देशभर चार लाख ५७ हजार एक सय ४५ घरधुरीका १९ लाख ९७ हजार सात सय ३१ जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको छ।

You might also like