भारतका माओवादी नेताको हत्याको नेपालमा विरोध

काठमाडौं– भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव केशव राव ‘वसवराज’को हत्याको विरोधमा बुधबार काठमाडौंमा प्रदर्शन भएको छ।

नेशनल रिभोलुसनरी फ्रन्टको ब्यानरमा माइतीघरमा प्रदर्शन भएको हो। भारतको छत्तिसगढ राज्यमा छत्तिसगढ र तेल‌ङ्गाना राज्यको सिमाना नारायणपुरमा २१ मे २०२५ मा भएको कारबाहीमा ‘वसवराज’ सहित २७ जना माओवादी नेता कार्यकर्ता मारिएका थिए। भारत सरकारले उक्त कारबाहीलाई अपरेशन कगार नाम दिएको थियो।

You might also like