स्वास्थ्य सेवा र लैङ्गिक हिंसासम्बन्धि अन्तरक्रिया सम्पन्न

आँशु भण्डारी
जोगबुडा– डडेल्धुराको भित्रिमधेस क्षेत्रस्थित परशुराम नगरपालिकामा सोमबार जेरियाट्रीक तथा लैङ्गिक हिंसा ब्यब्स्थापन कार्यक्रम अन्तरगत स्वास्थ्य सेवा र लैङ्गिक हिंसासम्बन्धि अन्तकृया सम्पन्न भएको छ ।

परशुराम नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा सिमान्तकृत दलित तथा जनजाती समुदायका प्रतिनिधीहरु, स्वास्थ्यकर्मी, जेष्ठ नागरिक, नागरिक समाजका अगुवा र जनप्रतिनिधिहरुको उपस्थिती थियो।

समाजमा अझै पनि धेरै किसिमका हिंसा भइरहेको र हिंसाको प्रतक्ष्य प्रभाव मानव स्वास्थ्यमा परिरहेको परशुराम नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टले बताईन्। वडास्तरीय न्यायिक समितिमा गएर निवेदन दिइमा समस्याको समाधान गर्न सकिने उनको भनाई थियो ।

खुला सिमाना भएकाले भित्रिमधेस क्षेत्रमा अपराधिक कृयाकलापहरु बढ्दै गएको स्थानीय बताउछन । कार्यक्रममा इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरिक्षक सुरज रोकायाले शरिरिक हिंसा, मानसिक हिंसा, यौनजन्य हिंसा, आर्थिक हिंसा, सामाजिक र साँस्कृतिक हिंसाका बारेमा अवगत गराउँदै हिंसाले समाजमा पर्ने प्रभाव र कानूनी उपचारका विषयमा जानकारी गराएका थिए।

जेष्ठ नागरिक, अपाङ्गता भएको ब्यक्तिहरु, बिपिन्न परिवार, सिमान्तकृत वर्ग र महिलाहरुलाइ न्याय सङ्गत रुपमा सेवाप्रवाहमा ध्यान दिनुपर्ने कुरामा अन्तरक्रियामा व्यापक छलफल गरिएको परशुराम नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख हिक्मतबहादुर धामीले बताए ।

You might also like