अध्यक्षविरुद्ध फेसबुकमा लेखेको भन्दै कार्यालय सहयोगीलाई जागिरबाट हटाइयो

धनगढी–कैलालीमा एक गाउँपालिका अध्यक्षविरुद्ध फेसबुकमा लेखेको भन्दै कार्यालय सहयोगीको जागिर खोसिएको छ।
मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायविरुद्ध सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेको आरोपमा कार्यालय सहयोगीलाई सेवाबाट बर्खास्त गरिएको हो। गाउँपालिका अध्यक्ष उपाध्यायविरुद्ध फेसबुकमा अपमानजनक शब्द प्रयोग गर्दै टिप्पणी गरेको भन्दै कार्यालय सहयोगी अशोक थापालाई जागिरबाटै हटाइएको हो।

थापाले वैशाख २४ गते गाउँपालिका अध्यक्ष उपाध्यायविरुद्ध अपमानजनक टिप्पणी लेखेकाले उनलाई सेवाबाट हटाइएको पत्र प्रमुख प्रशासकीय अधिकृत रुपेश शर्मा बरालले अवकास पत्रमा लेखेका छन्। थापाले सामाजिक सञ्जालमा के लेखेका थिए भन्नेबारे पत्रमा केही उल्लेख छैन।

You might also like