पर्यटनको विकासका लागि भौतिक पूर्वाधार विकास आवश्यक रहेको मन्त्री पाण्डेको जिकिर

महेन्द्रनगर–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा पर्यटन विकासका लागि भौतिक पुर्वाधार विकास अपरिहार्य भएको जिकिर गरेका छन्।

महेन्द्रनगरमा शनिबार आयोजित ‘फारवेष्ट ट्राभल मिट’को समुद्घाटन गर्दै मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासबिना मुलुकले आर्थिक समृद्र्धी हासिल गर्न नसक्ने बताए। पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको लगानी प्रोत्साहित गर्न सरकारले पुर्वाधार विकासका क्षेत्रमा काम गर्न जरुरी रहेको उनले जिकिर गरे । ‘अहिले हामीले एयरलाइन्सहरूसँग छलफल गरेर पोखराबाट सात वटै प्रदेशमा उडान भर्ने तयारी गरेका छौँ’, मन्त्री पाण्डेले भने,‘यसले यहाँको पर्यटन विकासमा टेवा पुग्छ।’

नेपाल प्राकृतिक सौन्दर्य र विविधतापूर्ण संस्कृतिले भरिपूर्ण मुलुक भएको उनले बताए । उनले नेपाल प्राकृतिक र सांस्कृतिक विविधताले भरिपूर्ण देश भएकोले नेपाल पर्यटकीय गन्तव्यका रुपमा विश्वभर परिचित बन्दै गइरहेको दाबी गरे । ‘यहाँ सानो ठाउँमा प्राकृतिक विविधता छ, थोरै जनसङ्ख्यामा धेरै सांस्कृतिक विविधता छ,’ मन्त्री पाण्डेले भने,‘‘विविधतापूर्ण संस्कृति र प्रकृतिलाई विश्व माझ पुर्‍याउन सके पर्यटनबाट ठूलो लाभ लिन सकिन्छ।’ उनले पर्यटनको विकासका लागि भौतिक पूर्वाधार विकास आवश्यक रहेको बताए। मन्त्री पाण्डेले भने, ‘यहाँको सांस्कृतिक र प्राकृतिक विविधताबाट लाभ लिन सके आर्थिक समृद्धि धेरै टाढा छैन।’

उनले अहिले पुँजीगत खर्चमा चाप बढेका कारण २० प्रतिशत बजेट घटेको बताए। मन्त्री पाण्डेले नेपाल एयरलाइन्स बलियो नहुँदा नीति एयरलाइन्सहरूले मनोमानी भाडा लिने गरेको बताए। नेपाल पर्यटन बोर्ड र भीमदत्त नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरू भएको फारवेष्टर्न ट्राभल मार्टमा नेपाल भारतका ट्राभल एजेन्टहरूको सहभागिता छ। तीन दिनसम्म चल्ने उक्त मार्टमा नेपाल–भारतका पर्यटन व्यवसायीबीच यहाँका विभिन्न पर्यटकीय गन्तव्यबारे छलफल हुनेछ।

You might also like