स्थानीय सेवा ऐन ल्याउन मागगर्दै संघर्ष समिति गठन
धनगढी–प्रदेश स्थानीय सेवा गठन सञ्चालन सम्बन्धमा बनेको ऐन जारी गर्न दबाब दिने उदेश्यले सुदूरपश्चिम प्रदेशका स्थानीय तहका कर्मचारीले संर्घष गर्न थालेका छन्।
शुक्रवार प्रदेश अन्तरगतका स्थानीय तहमा कार्यरत कर्मचारीको धनगढीमा भएको भेलाले प्रदेश संर्घष समिति गठन गरेको छ। भेलाबाट समितिको संयोजकमा झलक दौल्याल, सहसंयोजकमा मीनबहादुर खड्का र लक्ष्मी विष्ट चयन भएका छन्। त्यस्तै सचिवमा शङ्कर जोशी, कोषाध्यक्षमा अर्जुन जोशी र सदस्यहरूमा भरत चन्द, गगन धामी, गोपाल विष्ट, डबल भाट, अमृतकुमार ओली, शेरबहादुर कार्की, रमेशप्रसाद भट्ट, शङ्कर साउँद, शङ्कर न्यौपाने, लक्ष्मण जाग्री, कुलराज उपाध्याय, सुनिल रावल, शङ्कर थापा, विष्णु पाण्डे, गणेश जोशी, सुरेश बोहरा, धर्म कडायत र हेमकान्त सुवेदी चयन भएका छन्।