अत्तरियाबाट ठुलो परिणाममा आईसक्रीम जफत

अत्तरिया–कैलालीको अत्तरिया बजारस्थित मिश्रा आईस केन्डी उद्योगबाट दुई सय ५० केजी आईसक्रीम जफत गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सहितको गोदावरी नगरपालिकाको अनुगमन टोलीले उत्पादन मिति नभएको आईसक्रीम बरामद गरेको हो । सो उद्योग धनगढीमा दर्ता भएपनि गोदावरीमा दर्ता समेत नगरिएको पाईएको अनुगमन टोलीले जनाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका अनुसन्धान अधिकृत सुमन लामिछानेले उद्योग खाध्यमा पनि नविकरन नभएको, उद्योग दुर्गन्धित भएको बताए। अहिले बजार अनुगमन जारी रहेको छ।

You might also like