धनगढीमा पञ्चकन्या ग्रुपको प्रिमियम बाथवेयर लाइनको शुभारम्भ

धनगढी–पञ्चकन्या ग्रुपले आफ्नो नयाँ ब्रान्ड पञ्चकन्या बाथवेयरको धनगढीमा औपचारिक शुभारम्भ गरेको छ।

यो नयाँ प्रयासले नेपालको बाथवेयर बजारमा लामो समयदेखि देखिएको समस्या, अत्यधिक महँगा प्रिमियम उत्पादन र सस्तो तर न्यून गुणस्तरका विकल्पबीच सीमित रोजाइलाई सम्बोधन गर्ने उद्देश्य राखेको छ । पञ्चकन्या बाथवेयरले प्रिमियम स्तरको ट्याप, सावर र अन्य सहायक उपकरणहरू प्रस्तुत गर्दैछ, जसले विलासिता, पहुँचयोग्यता, र दीर्घकालीन भरपर्दोपनलाई एकैसाथ जोड्दछ ।

डिजाइन उत्कृष्टता र दिगोपनमा केन्द्रित यो ब्रान्डले नेपाली घरपरिवार तथा व्यावसायिक स्थलहरूको दैनन्दिन अनुभवलाई नयाँ परिभाषा दिने उद्देश्य राख्दछ । पञ्चकन्या ग्रुपका निर्देशक अशिक श्रेष्ठले कम्पनीको गुणस्तर र नवप्रवर्तनमा केन्द्रित प्रतिबद्धता प्रस्तुत गर्दै बाथवेयर बजारमा ब्रान्डको दृष्टिकोण, विशेषता र यसको दीर्घकालीन सम्भावनाहरूबारे शुभारम्भ कार्यक्रममा जानकारी दिए। पञ्चकन्या बाथवेयरका सेल्स हेड वसन्त रिजालले उत्पादनको विशेषता, सेवा प्रत्याभूति र आगामी रणनीतिबारे सहभागीहरूलाई जानकारी दिए।

You might also like